
पर्सा, ५ मंसिर । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य एवं पूर्वसांसद हरिनारायण रौनियार एमाले प्रवेश गरेका छन् ।
पर्साको पोखरियामा मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई पार्टीमा स्वागत गरेका हुन् । ओलीले रौनियारलाई फूलमाला र टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
अध्यक्ष ओलीले नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवीसहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता कार्यकर्तालाई पनि पार्टीमा स्वागत गरेका थिए ।
















प्रतिक्रिया