२७ कार्तिक २०८३, शुक्रबार

युवा विद्यार्थीको जनप्रदर्शनका लागि खेलकुद महासंघले निर्माण गर्‍यो ५५५ सदस्सीय जनपरिचालन कमिटी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले निर्माण गरेको जनपरिचालन कमिटीको विशेष बैठक सम्पन्न भएको छ ।

जनपरिचालन कमिटीका संयोजक धर्मकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यहि मंसिर ७ गते काठमाडौंको तीनकुनेमा हुने युवा विद्यार्थीको जनप्रदर्शनका ५ सय ५५ सदस्सीय परिचालन कमिटी निर्माण गरेको छ । बैठकले युवा विद्यार्थीको जनप्रदर्शनमा व्यापक जनसभागिता जुटाउन लाग्ने निर्णय गरेको कमिटीले जनाएको छ ।

एमाले स्थायी कमिटी सदस्य एवं महासंघका इन्चार्ज कर्णबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा महासंघका अध्यक्ष पर्शुराम बस्नेत लगाएतको आतिथ्यता रहेको थियो ।

एमाले निकट युवा संघले यहि मंसिर ७ गते बिहान ११ बजे तीनकुनेमा भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध जनप्रदर्शन गर्दैछ ।