
काठमाडौं, ५ मंसिर । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा पूर्वसांसद गोपाल बम नेकपा (एमाले)मै फर्किएका छन् ।
एमालेमा फर्कन अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका बमलाई अध्यक्ष ओलीले खादा लगाई पार्टीमा स्वागत गरेका थिए ।
२०७४ सालको निर्वाचनमा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बम पार्टी विभाजन हुँदा एकीकृत समाजवादीमा लागेका थिए । उनले माधव नेपालको भ्रममा परेर विभाजनको पक्षमा लाग्न पुगेको र त्यो कदम गल्ती भएको बताएका छन् ।
उनले नेकपा एकीकृत समाजवादीको औचित्य छैन भन्ने कुरा जनताले प्रष्ट पारिसकेकाले आफू पुरानो घर फर्किएको बताएका छन् ।











प्रतिक्रिया