मंगलबार, १२ मंसिर २०८०
DainikNepal.com
मंगलबार, १२ मंसिर २०८०

‘सरकार टिकटक हैन जाजरकोटलाई ध्यान दे’ (भिडिओसहित)

दैनिक नेपाल २०८० मंसिर ४ गते १५:४१

काठमाडौं, ४ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्ध युवाहरूको एक समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

जनताको बोल्ने अधिकार सुनिश्चित गर भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरुले सरकार हिजो बन्दुकसंग डराउने आज टिकटकसँग, टिकटक बन्द हैन भ्रष्टाचार बन्द गर, गरिखाने मर्दैछ सरकार, टिकटक हैन जाजरकोटलाई ध्यान दे लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यस्तै उनीहरूले टिकटक बन्द नभई सरकारले आवश्यक नियमन गर्नुपर्नेमा जोड दिएका थिए । सरकारले टिकटक बन्द गरेपछि यसको पक्ष र विपक्षमा बहस भइरहेको छ भने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढस् रिट दर्ता भएको छ ।

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट सोमबार भने हेर्न नभ्याइने सूचीमा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित