मंगलबार, १२ मंसिर २०८०
DainikNepal.com
मंगलबार, १२ मंसिर २०८०

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

दैनिक नेपाल २०८० मंसिर ४ गते ६:४२

बर्दिया, ४ मंसिर । बर्दियाको राजापुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

राजापुर नगरपालिका–१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको आइतबार घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

बितेका चार वर्षमा नेपाल–भारत सिमानामा पर्ने वन क्षेत्रमा बाघको आक्रमणबाट राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा गरी ३५ जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित