मंगलबार, १२ मंसिर २०८०
DainikNepal.com
मंगलबार, १२ मंसिर २०८०

ललितपुरको ऐतिहासिक कात्तिक नाच सुरू

दैनिक नेपाल २०८० मंसिर ३ गते १५:२६

काठमाडौं, ३ मंसिर । ललितपुरको ऐतिहासिक कात्तिक नाच शनिबार रातिदेखि सुरू भएको छ ।

३ सय ८१ वर्षदेखि निरन्तर रूपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच यसवर्ष १० दिनसम्म चल्नेछ ।

सो क्रममा झन्डै एक दर्जन नाच प्रदर्शन गरिन्छ  । नाचको पहिलो दिन पाटन डबलीमा बाथ:प्याखँअन्तर्गतको माक: सीमियेगु नाटक प्रदर्शन गरिएको छ । १३ जना कलाकारले प्रस्तुत गरेको उक्त नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गर्नुभएको हो ।

नाचमा दैत्य जगाउने परम्परा छ । यस नाचमा राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ललगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुने गरेको कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित