
काठमाडौं, ३ मंसिर । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता अगाडि बढेको छ ।
आज दुवै पार्टीको वार्ता टोलीबीच भएको छलफल सकारात्मक भएको हो । माओवादी केन्द्रको तर्फबाट कृष्णबहादुर महरा र नेसपाको तर्फबाट गंगानारायण श्रेष्ठ संयोजकत्वको वार्ता टोलीबीच आज छलफल भएको हो ।
बैठकले एकताका लागि दुवै पार्टीको एकता संयोजन समिति गठन गर्ने सहमति जुटाउँदै त्यसका लागि आ–आफ्नो पार्टी केन्द्रलाई सुझाव दिने निर्णय गरेको छ ।
दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको महरा र श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
















प्रतिक्रिया