९ कार्तिक २०८३, सोमबार

जाजरकोटमा चिसोले थप तीनजना भूकम्पपीडितको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । जाजरकोटमा थप तीनजना भूकम्पपीडितको चिसोका कारण मृत्यु भएको छ ।

यसअघि शुक्रबार र त्यसअघि गरेर चारजनाको मृत्यु भइसकेकामा फेरि आज थप तीनजनाको मृत्यु भएको हो । हालसम्म चिसोकै कारण सातजनाको मृत्यु भइसकेको छ ।

आज मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी रहेका छन् ।

भूकम्पले घर भत्काएपछि उनीहरू त्रिपालमुनि बस्दै आएका थिए । चिसोका कारण वृद्ववृद्वामा दमको समस्या देखिएको छ ।