
काठमाडौं, २ मंसिर । नेकपा (एमाले) का सचिव एवम् गण्डकी प्रदेश ईन्चार्ज गोकर्ण विष्टले समाजवादको आधार निर्माणका लागि उत्पादनमा ध्यान दिनुपर्ने बताएका छन् ।
आज सम्पन्न जिल्ला कमिटी सचिवालयको बैठकलाई सम्बोधन गर्दै सचिव विष्टले समाजवादको आधार निर्माणका लागि उत्पादनमा ध्यान दिँदै स्थानीय उत्पादनलाई बजारीकरण गरेर नै समृद्वि प्राप्त गर्न सकिने बताएका हुन् ।
मुस्ताङको विकासका लागि एमाले नेतृत्वको सरकारले गरेका काम ऐतिहासिक विकासको बाटोमा तीब्रतर अगाडि बढाउन एमाले मात्रै सक्षम रहेको धारणा व्यक्त गरे । अहिलेको गठबन्धन सरकारले योजनाबिना नै देश चलाउने प्रयत्न गरेका कारण मुलुकमा अराजकता बढेको उनको भनाइ छ ।
बैठकमा प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले बार्षिक कार्ययोजना र कार्यतालिका निर्माण गरी कामलाई अघि बढाउन तथा प्रत्येक पालिका कमिटीहरुले आफ्नो पालिकाका मतदातहरुको ६ प्रतिशत जनतालाई पार्टी सदस्यता प्रदान गरी समृद्धिको अभियान अगाडि बढाउने गरी काम गर्न अनुरोध गरे ।
बैठकमा पार्टी केन्द्रीय सदस्यहरु चन्द्र मोहन गौचन ,टसी स्याङ्वो गुरङ ,प्रदेश कमिटी सदस्य लगायत नेताहरूको सहभागीता थियो । बैठकले जिल्ला अधिवेशन चैतको तेश्रो साता गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, बैठकले पार्टी संगठन सुदृढीकरणका लागि विभिन्न योजना निर्माण गर्ने पार्टी सदस्यता विस्तार र जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रम गर्ने कार्ययोजना निर्माण गरेको छ ।















प्रतिक्रिया