
काठमाडौं, २ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औँलो ठड्याउने काम कतैबाट नगर्न चेतावनी दिएका छन् ।
पार्टीको जनसंगठन संयन्त्रले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको विशेष भेलामा बोल्दै अध्यक्ष ओलीले यातना सहेर, अङ्गभङ्ग भएर, जेलनेल सहेर, बेघरबार भएर, बेहालका अनेक स्थितिहरू झेलेर गणतन्त्र ल्याएकाले गणतन्त्रलाई चलाउने र औँलो ठड्याउने काम कतैबाट नगर्न चेतावनी दिएका हुन् ।
दुर्गा प्रसाईँको नेतृत्वमा यही मङ्सिर ७ गते काठमाडौंमा हुन गइरहेको प्रदर्शनप्रति संकेत गर्दै उनले लोकतान्त्रिक गणतन्त्रमाथि औंला ठड्याउनेहरूलाई एमालेले तह लगाउने समेत बताए ।
प्रतिक्रियावादी शक्तिहरूले व्यक्तिलाई उभ्याएर देशभरका मान्छे काठमाडौंमा उतार्ने कामलाई जोडतोडका साथ अघि बढाए पनि त्यसले काठमाडौंमा फोहोर पार्ने बाहेक अरू कुनै काम गर्न नसक्ने टिप्पणी गरे ।
अध्यक्ष ओलीले मङ्सिर ७ गते युवा विद्यार्थीले काठमाडौंमा गर्ने प्रदर्शनमा पार्टीको साथ समर्थन रहेको स्पष्ट पार्नुभएको छ । ७ गते शान्तिपूर्ण रूपमा सरकारलाई शक्ति देखाउने उनले बताए ।















प्रतिक्रिया