
काठमाडौं, २ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विशेष बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलसहित एमालेका २३ वटै जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु सहभागि छन् ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुनेछ । युवा संघले आगामी मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्ने तयारी गरेको छ ।














प्रतिक्रिया