
काठमाडौं, २ मंसिर । पूर्व सांसद एवं पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय नेता रौनियार मंसिर ५ गते एमालेमा प्रवेश गर्न लागेका हुन् ।
पर्साको पोखरियामा हुने एमालेको पार्टी प्रवेश कार्यक्रममा उनलाई एमालेका अध्यक्ष केपी शर्मा अोलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
केहिदिन अघि रौनियार काठमाडौं पुगेर अध्यक्ष ओलीलाई भेटेका थिए ।
रौनियारले पर्सा क्षेत्र नम्बर ३ बाट २०७४ मा चुनाव जितेका थिए ।











प्रतिक्रिया