२७ कार्तिक २०८३, शुक्रबार

महामन्त्रीद्वयको अर्ती अहिले दुई बाँसेघरको प्रचारमा ईतिश्री भएछः गोकुल बास्कोटा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले बलियो भनेको गठबन्धन सरकारले दुई जिल्लाका भूकम्प पीडितलाई समेत सेवा दिन नसकेको बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बलियो भनेको गठबन्धन सरकारले दुई जिल्लाका भूकम्प पीडित जनतालाई समेत सेवा दिन नसकेको भन्दै नेपाली कांग्रेसका महामन्त्रीद्वयले प्रभावित जिल्लाका पीडितका लागि बनाएको अस्थाई घरबारे व्यङ्ग्य गरे ।

‘यति बलियो गठबन्धन सरकाकारले जम्मा दुई जिल्लाका भुइॅंचालो पीडित जनतालाई समेत सेवा दिन सकेन । कोभिडमा दुई बित्दा महामन्त्रीद्वयअर्ती अहिले दुई बाँसेघरको प्रचारमा ईतिश्री भएछ ।’ नेता बास्कोटाले भनेका छन्, ‘माघ लाग्न के आँट्याछ, सरकारलाई लावण्य देशको बुख्याँचाले तर्सायो रे ! सरकार भन्दा लोकतन्त्रवादी जनता छन नेपालमा ।’

नेता बास्कोटाले सरकार भन्दा नेपाली जनता बढी लोकतन्त्रवादी भएको उल्लेख गरेका छन् ।