
काठमाडौं, १ मंसिर । नेकपा एमाले सुबर्ण गाउँपालिका वडा नम्बर-६ द्वारा बाराको प्रसुरामपुर बजारमा शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरिएको छ ।
एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले छठ पर्वको महत्व अझ बढ्दै गरेको बताए ।
उनले छठ पर्व सबै जातजाति,धर्म र समुदायले मान्दै आएको बताए । अर्को प्रसङमा पूर्वमन्त्री पौडेलले नेकपा एमाले वृद्धवृद्धा र किसान मजदुरको पक्षमा काम गर्ने पार्टी भएको धारणा राखे ।
उनले एमाले सरकारमा रहेका बेला राम्रो काम गरेका कारण सबै मिलेर एमालेलाई कमजोर बनाउन घेराबन्दी गरेको दाबी समेत गरे । यस्ता घेराबन्दी तोडन एमाले र एमालेका कार्यकर्ता सक्षम र तयार रहेको ठोकुवा समेत गरे ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु बलवीर चौधरी,एकबाल मिया,एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, एमाले बाराका सचिव अध्यान्द पाण्डे,एमाले नेता तथा संविधानसभाका सदस्य शिवचन्द्र कुशवाहा, श्री भगवान गिरी लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा राकेस यादबको सजिकरण र सत्पाल यादवले स्वागत गरेका थिए ।















प्रतिक्रिया