९ कार्तिक २०८३, सोमबार

शंखरापुरस्थित लप्सीफेदी सबस्टेसनमा प्रहरी र स्थानीयबीच झडप, दुई प्रहरी घाइते

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित लप्सीफेदीमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।

शुक्रबार अपरान्ह स्थानीयले विद्युत प्राधिकरणले निर्माण गरिरहेको शव स्टेसनमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको थियो ।

स्थानीयको ढुंगामुढाबाट दुईजना सशस्त्र प्रहरी घाइते भएका छन्। चार जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ ।

शव स्टेसन निर्माणमा स्थानीयले अवरोध गर्दा त्यहाँ पटक-पटक झडप हुँदै आएको छ ।