२७ कार्तिक २०८३, शुक्रबार

भूकम्पमा ज्यान गुमाएकाको १३औँ दिनको पुण्यतिथिमा दीप प्रज्वलन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, १ मंसिर । जाजरकोट र रुकुमपश्चिममा यही कात्तिक १७ गतेको भूकम्पमा ज्यान गुमाएकाको १३औँ दिनको पुण्यतिथिमा भूकम्पपीडित सहजीकरण समूह नेपालगञ्जले बिहीबार यहाँ दीप प्रज्वलन तथा श्रद्धाञ्जलीसभा गरेको छ ।

सभामा राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठ तथा संघीय सांसद दीपा शर्मा रुपाखेतीले शोक व्यक्त गर्दै पीडितहरुलाई राहत र घर पुनःनिर्माणमा जोड दिए ।

भूकम्पबाट प्रभावित क्षेत्रको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंह, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह, गायक सुनिलसिंह ठकुरी, प्राध्यापक जनार्दन आचार्यले भैँचालोमा ज्यान गुमाएका एक सय ५३ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै अब भूकम्पबाट जोगिने घर बनाउनुपर्नेमा जोड दिए ।