
मकवानपुर, ३० कात्तिक । मकवानपुरको हेटौंडामा सालनालसहितको शिशु फेला फेला परेको छ ।
बिहीबार साँझ हेटौंडा उपमहानगर-४ हुप्रचौर स्थित प्रदेश लोकसेवा आयोग नजिकै बाटो छेउको झाडीमा सालनालसहितको शिशु फेला परेको हो ।
स्थानीयले बच्चा रोयको आवाज सुनेर हेर्दा भर्खरै जन्मेको शिशु फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
शिशुलाई उद्धार गरी हेटौंडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार जन्म दिएर झाडीमा शिशु छोड्ने आमाको खोजी भइरहेको छ ।











प्रतिक्रिया