२७ कार्तिक २०८३, शुक्रबार

मोरङको उर्लाबारीमा आगलागी, २० जना भन्दा बढी घाइते

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मोरङ, २७ कात्तिक । मोरङको उर्लाबारीमा गए राती भएको आगलागीमा परि २० जना भन्दा बढी घाइते भएका छन् ।

गए राती १० बजे स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी हुँदा २० जना भन्दा बढी घाइते भएको इलाका प्रहरी कार्यलय उर्लाबारीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूमध्ये केहीको विराटनगरको आर्या अस्पताल, बी एण्ड सी, उर्लाबारी स्थित अरनिको अस्पताल र केहीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको । घाइते मध्ये केहीको अवस्था गम्भीर छ ।

लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउने क्रममा प्रहरी समेत घाइते भएका छन् ।  आगो गए राती १२ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।