२७ कार्तिक २०८३, शुक्रबार

हेटौंडामा अचेत अवस्थामा फेला परेका एक जनाको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २५ कात्तिक । मकवानपुरको हेटौंडामा शुक्रबार अचेत अवस्थामा फेला परेका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागश्वती बस्ने २७ भेष बहादुर खड्का रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार खड्का घर परिवारसँग छुट्टिएर सोही आफ्नो पुरानो घरमा एक्लै बस्दै आएको थिए । उनी शुक्रबार साँझ पौने ७ बजे अचेत अवस्थामा फेला परेका थिए ।

उनलाई उपचारको लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।