
काठमाडौं, २५ कात्तिक । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नपार्कस्थित शान्ति वाटिकामा आज बिहान काग बोलाएर २०औँ काग सम्मेलन गरिएको छ ।
सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए । दुलालले कागको स्वर निकालेर बोलाएपछि काग उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए ।
दुलालले १९ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । काग सम्मेलनपछि सञ्चारकर्मीसँग दुलालले यस वर्ष काग धेरै नआएको बताए ।
कलाकार दुलालले काग सम्मेलनको अवसरमा कागको शुभ संकेत दिँदाको स्वर र अशुभ संकते दिँदाको स्वर निकालेर सुनाएका थिए ।











प्रतिक्रिया