२७ कार्तिक २०८३, शुक्रबार

मकवानपुरमा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २५ कात्तिक । मकवानपुरमा राती नौ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक विज्ञप्ति जारी गर्दै राती नौ बजेपछि देउसी भैलो खेल्न रोक लगाइएको जनाएको छ ।

त्यस्तै तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको भण्डारण, बिक्री बितरण तथा ओसारपसारमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

जुवा, तास जस्ता कानुनले निषेध गरेका क्रियाकलापहरू नगर्न, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने लगायतका कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।