१ कार्तिक २०८३, आइतबार

उपप्रधानमन्त्री खड्का राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडितका लागि सहायता सामग्री लिएर जाजरकोट पुगेका छन् ।

भूकम्पपीडितले ओत लाग्नका लागि त्रिपाल पनि नपाएको गुनासो आइरहेका बेला उपप्रधानमन्त्री खड्का पीडितका लागि आवश्यक पालहरू लिएर जाजरकोट पुगेका हुन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत लगिएको करिब एक हजार छ सय त्रिपाल जाजरकोटको कुशे गाउँपालिकाका भूकम्पपीडितलाई प्रदान गरिनेछ ।

उपप्रधानमन्त्री खड्का भूकम्प आएकै दिनदेखि प्रभावित क्षेत्रमै रही उद्धार र राहतमा केन्द्रित छन् । उनले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने भन्दै यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्मका लागि यसअघि तय भएको संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमण स्थगित गरिसकेका छन् ।

उनी हाल भूकम्प प्रभावित क्षेत्रको अनुगमन, निरीक्षण तथा घाइतेको उद्धार, राहत वितरण र पुनःस्थापनाको काममा निरन्तर खटिएका छन् ।