
काठमाडौं, २३ कात्तिक । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीविरुद्धको रिटमा आज सुनुवाइ नहुने भएको छ ।
गोला तान्ने क्रममा रिट समूहको गोला कुनै पनि न्यायाधीशले नतानेपछि रेशमविरुद्धको मुद्दा स्थगितको सूचीमा परेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताए ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १५ जेठमा गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए ।
रेशमको कैद माफी मिनाहा दिने निर्णय गलत रहेको भन्दै टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायत बोहरालेले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।
रेशमको माफी मिनाहा हुँदा उनी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको जन्मकैद सदर मुद्दाको फैसलाको पूर्णपाठ समेत तयार भएको थिएन ।
रेशम जेलबाट रिहा भएपछि सार्वजनिक भएको पूर्णपाठमा अपराधको राजनीतिकरण गरी मुद्दा फिर्ता लिने प्रयास गर्नु र उन्मुक्ति दिनु गलत भएको उल्लेख छ ।











प्रतिक्रिया