
महोत्तरी, २३ कात्तिक । महोत्तरीको औरही नगरपालिका–२ का पाँचजना किशोरी सम्पर्क विहीन भएका छन् । एकै गाँउका उनीहरु दुई दिनदेखी परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार औरही नगरपालिका–२ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा मंगलबार देखि सम्पर्क विहीन भएका हुन् ।
गत मंगलबार दिउँसो साढे ११ बजेदेखि एकैसाथ घरबाट निस्केका पाँच किशोरी घर फर्केर नआएको परिवारले जानकारी दिएका छन् ।
एकै साथ पाँचै जना किशोरी सम्पर्क विहीन हुनुमा उनीहरु योजना बनाएरै निस्केको हुनसक्ने प्रहरीको अनुमान छ । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया