शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

दिनभरका TOP 15 NEWS: पुराना दलहरू एकजुट, बाजुरामा पनि भूकम्पको धक्का

दैनिक नेपाल २०८० कार्तिक २१ गते २१:०६

काठमाडौं, २१ कात्तिक । प्रमुख राजनीतिक दलहरूले लोकतन्त्रलाई सुदृढीकरणका लागि एकताबद्व भएर अगाडि बढ्ने निर्णय गरेका छन् ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकले आपसी मतभेद भएपनि एकताबद्ध हुँदै लोकतन्त्रको सुदृढीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि प्रतिवद्ध भएर अगाडि बढ्ने दलहरूबीच सहमति भएको हो । राजनीतिक दलका शीर्ष नेतृत्वले जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई थप मजबुद बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

बैठकमा सहभागी दलका नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि भइरहेका आक्रमणको समीक्षा गर्दै प्राप्त उपलब्धिलाई सबल बनाउन आगामी दिनमा बुहपक्षीय र द्विपक्षीय छलफल गर्दै अघि बढ्ने सहमति भएको नेताहरूले जानकारी दिएका छन् ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित