सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

राजनीतिसँगै समाजसेवामा अब्बल प्रभु थापा

दैनिक नेपाल २०८० कार्तिक २० गते १२:१२

काठमाडौं, २० कात्तिक । लमजुडको राइनास नगरपालिका-९ मा जन्मिएका प्रभु थापा हाल अमेरिकामा बस्छन् ।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नाकोत्तर गरेका थापा प्रवासी नेपाली अन्तर्राष्ट्रिय कमिटीको सचिवालय सदस्य तथा अमेरिका इन्चार्ज समेत हुन् । खेलकुदमा समेत उत्तिकै चासो राख्ने उनी करातेका ब्लाक वेल्ट प्राप्त सेकेन्ड डन हुन् । उनी प्रवासी मञ्च अमेरिकाका पूर्वअध्यक्ष पनि हुन् ।

सानै उमेरबाटै अन्यायको विरूद्ध लड्दै आएका थापा राजनीतिक यात्राको क्रममा पटक पटक गिरफ्तार, घाइते तथा थुनामा परेका उनलाई जनआन्दोलन २०६२/०६३ मा गंगोवुमा टाउकोमा गोली लागेको थियो । देशका गणतन्त्र स्थापनाका गोली थापेका उनले नेपालमा बस्दा आफै रेष्टुरेन्ट सञ्चालन गरेर स्वरोजगार बन्न प्रेरणा दिनुका साथै अन्य धेरैलाई रोजगारी दिएका थिए।

राजनीतिकर्मी, व्यवसायी तथा समाजसेवीको रुपमा परिचत थापाले चितवन मानव आश्रम र असहाय संरक्षण केन्द्रलाई सहयोग गरेका छन् । हालै मात्र पनि बडादसैँको अवसर पारेर महाअष्टमीका दिन उनले आश्रमका वृद्धवृद्धा तथा केन्द्रका असहाय बालबालिकालाई लत्ताकपडा र खानाको व्यवस्था गरेका थिए भने सोही अवसरमा लमजुङको युवा क्लबलाई पनि खेलकुद सामग्री समेत वितरण गरेका थिए ।

समाजसेवालाई आफ्नो जीवनको पहिलो कर्तव्य मान्ने र त्यसमै सन्तुष्ट रहने थापा दम्पत्तीले नेपालमा मात्र नभइ अमेरिका आउने नेपालीलाई पनि आवश्यक सहयोग गर्दै आएका छन् । नेपालबाट सुनौलो भविष्यको सपना बोकेर अमेरिका आएका नेपालीलाई थापाले अमेरिकामा जागिर खोजिदिनेदेखि आयआर्जन नहुञ्जेलसम्म खान बस्नको समेत व्यवस्था गर्दै आइरहेका छन् ।

नेपाल, अमेरिका लगायत अन्य मुलुकमा रहेका हुने सेवामुलक हरेक संघसंस्थाका कार्यक्रमहरुमा समेत आर्थिक सहयोग गर्दै आएका थापा अमेरिकाको वाल्टिमोरमा हिमालयन हाउस नामक नेपाली रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । उनको सपरिवार सामाजिक, राजनीतिक र व्यवसायिक जीवन निर्वाह गर्दै आएका छन् । प्रभुलाई राजनीति र समाजसेवामा उनकी धर्मपत्नी भाग्य थापाले साथ दिँदै आएकी छिन् ।

२०३९ सालबाट वामपन्थी विद्यार्थी समूहसँग आवद्ध रहेका थापाले २०४७ सालदेखि २०६३ सालसम्म नेपाल ट्रेड यूनियन महासंघ जिफन्ड मातहत होटल यूनियनमा सक्रिय हुँदै प्रतिष्ठानको अध्यक्ष, केन्द्रीय कमिटीमा सचिवको भूमिका समेत निर्वाह गरिसकेका छन् ।

राष्ट्रिय परिषद् सदस्यको जिम्मेवारी वहन गरेका उनले लमजुङ सम्पर्क मञ्चको अध्यक्ष, गण्डकी अञ्चल सम्पर्क मञ्चको अध्यक्ष समेत भएर काम गरिसकेका छन् । थापा पार्टीको लडाकु दस्ता पीपुल्स भोलेन्टियर नेपालको संस्थापक केन्द्रीय समूहको सदस्य र यूएनडीएफ डीसी मेट्रो कमिटिको सचिवालय सदस्य थिए। उनी नेपाल रेडक्रस सोसाइटी, लाईन्स क्लब, हेल्पर ग्रुप हायन्ड, बल्डडोनर एशोसिएशन, वाल्टिमोर नेपाली कम्युनिटी लगायत धेरै संघसंस्थामा आवद्ध छन् ।

प्रतिक्रिया
सम्बन्धित