८ कार्तिक २०८३, आइतबार

भूकम्प प्रभावितको उद्वारका लागि निगमको जहाज रूकुम पठाउन प्रधानमन्त्रीको निर्देशन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य स्थानको उडान रोकेर रूकुममा उडान केन्द्रीत गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् ।

भूकम्प प्रभावितको उद्वारका लागि जहाजलाई रूकुम केन्द्रीत गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर शुक्रबार राती आएको भूकम्पले नाजरकोट र रूकुममा ठूलो क्षति पुर्‍याएको छ । हालसम्म १५५ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।

घाइतेहरूको उपचारका लागि अस्पतालमा ठाउँ अभाव भएपछि अन्यन्त्रै लैजानुपर्ने स्थिति देखिएको छ ।