२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: दशकपछि नेपाल विश्वकपमा, रिगल पुन: जेल चलान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । नेपाल आईसीसी टी–ट्वान्टी विश्वकपमा छनोट भएको छ ।

विश्वपकको एसिया छनोटको फाइनलको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर १ बलमा २ विकेट गुमाउँदै १३५ रन बनायो । नेपालका लागि आसिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै गुलशन झाले २२ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित २० ओभर सम्पूर्ण विकेट गुमाउँदै १३४ रन बनाएको थियो । अब नेपालले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप खेल्नेछ ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–