८ कार्तिक २०८३, आइतबार

कोशी सरकारबाट बाहिरिने एमालेको तयारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । कोशी प्रदेशबाट नेकपा एमाले बाहिरिने भएको छ ।

काँग्रेसबाट बिद्रोह गरेर मुख्यमन्त्रीमा दाबी गरेर एमालेको सहयोगमा मुख्यमन्त्री बनेका केदार कार्कीले एमालेसँगको पूर्व सहमति तोड्दै माओवादी र एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनाएपछि एमाले सरकारबाट बाहिरिने भएको हो ।

कार्की संविधानको धारा १६८ (५) अनुसार एमालेसहितको समर्थनमा असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। सोही दिन उनले कांग्रेस र एमालेका एकरएक जनालाई मन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्री कार्कीले सहमति तोडेपछि एमालेबाट मन्त्री बनेका राम रानाले राजीनामा दिने तयारी गरेका हुन् । उनले भोलि राजीनामा दिने बताइएको छ ।