
काठमाडौं, १७ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टीम आईसीसी टी-ट्वेन्टी क्रिकेटको विश्वकपमा छनोट भएकामा बधाइ दिएका छन् ।
आज घरेलु मैदानमा भएको प्रतियोगितामा नेपाल यूएईलाई आठ विकेटले पराजित गर्दै विश्वकपमा छनोट भएकामा अध्यक्ष ओलीले बधाई दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत खुशी व्यक्त उहाँले निरन्तर कोशिसपछिको जित भएको उल्लेख गरेका छन् ।
अबको यात्रा विश्वकपको भन्दै ओलीले खुशी साटेका छन् ।















प्रतिक्रिया