८ कार्तिक २०८३, आइतबार

निषेधको राजनीति छोड्न जरुरी छ: केपी शर्मा ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै पार्टीहरुले पुरानो शैली छाड्न आवश्यक भएको बताएका छन् ।

प्रथम सल्यानटार कृषि प्रदशनी तथा व्यापार मेलालाई आज धादिङमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पुरानो शैली छोडेर एकजुट हुनुपर्ने बताएका हुन् ।

ओलीले निषेधको राजनीति छाड्न जरुरी रहेकोमा जोड दिए । लोकतान्त्रिक अभ्यासभित्र स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्ने बताउँदै उनले आफूहरूले हिंसा र घृणा फैलाउने बाटो नरोजेको स्पष्ट पारे ।

‘निषेधको राजनीति छाड्न जरुरी छ। लोकतान्त्रिक अभ्यासभित्र स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्छ। हामीले लोकतान्त्रिक प्रणाली रोजेको अस्वस्थ्यता रोजेको होइन। हामीले हिंसा र घृणा फैलाउने बाटो रोजेको होइन। हामीले सामाजिक सद्भाव र एकता रोजेको हौं,’ अध्यक्ष ओलीले भने ।

लोकतन्त्र, देश र राष्ट्रिय हितको पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चाँडै सर्वदलीय बैठक बोलाउन आफूले आग्रह गरेको बताएका छन् ।