८ कार्तिक २०८३, आइतबार

आफ्नै नेतृत्वमा आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा निकै गर्व लागेको छ: कप्तान रोहित पौडेल

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले निकै भाग्यमानी र गर्व लागिरहेको बताएका छन् ।

शुक्रबार भएको खेलपछि सञ्चारकर्मीसंग कुरा गर्दै कप्तान पौडेलले सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता आफूहरू भएको भन्दै आफ्नै नेतृत्वमा आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा निकै भाग्यमानी र गर्व लागिरहेको बताएका हुन् ।

नेपाललाई विश्वकपसम्म पुर्‍याउन टीमका सबैले निकै मिहेनत गरेको उनले बताए ।

विश्वपकको एसिया छनोट फाइनलको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनौट भएको हो ।