८ कार्तिक २०८३, आइतबार

पाइलट कुटाकुट प्रकरण: मन्थली विमानस्थलका प्रमुख निलम्बित

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुईजना पाइलट कुटाकुट गरेको प्रकरणमा विमानस्थलका प्रमुख निलम्बित भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्थली विमानस्थलका प्रमुख अशोक थापा निलम्बनमा परेका हुन् । यसअघि प्राधिकरणले एप्रोनमै कुटाकुट गर्ने तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठलाई ग्राउण्डेड गरिसकेको छ ।

उनीहरूले शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएलगत्तै कुटाकुट गरेको थियो ।

प्राधिकरणले थप अनुसन्धान अगाडि बढाएको छ ।