८ कार्तिक २०८३, आइतबार

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । सर्लाहीको लालबन्दीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लालबन्दी-१७ स्थित कालिञ्जोर पुल नजिक गएराति बीआर ०६ जीडी ३१४१ नम्बरको भारतीय ट्रकमा प्रदेश-२ -०३-००४ प ३५५ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा सर्लाहीकै हरिवन नगरपालिका-११ का २८ वर्षीय मुकेशकुमार गुप्ता र सोही ठाउँका ३५ वर्षीय सुनिलकुमारको मृत्यु भएको हो ।

मुकेशले मोटरसाइकल चलाएका थिए भने सुनिल पछाडि सवार थिए।

तीव्र गतिमा रहेको मोटरसाइकल बिग्रिएर बाटोमै रोकिएको ट्रकमा ठोक्किएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।