
काठमाडौं, १६ कात्तिक । बाँकेको नेपालगञ्जका रिगल भनिने योगराज ढकालको आममाफी बदर गर्ने सर्वोच्च अदालतको फैसलाको राष्ट्रिय जनमोर्चा पार्टीले स्वागत गरेको छ ।
पार्टीले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै धन्यवाद दिएको हो ।
‘व्यक्ति हत्यामा दोषी ठहरिएका योगराज ढकाललाई मन्त्रीपरिषद्को सिफारीसमा राष्ट्रपतिले संविधान दिवसको दिन आममाफी दिने निर्णयकाविरुद्ध हाम्रो पार्टीले संसद भित्र र बाहिर विरोध जनाउँदै आएको थियो । सर्वोच्च अदालतले निज युवराज ढकाललाई आममाफी दिने सरकारको निर्णयलाई आज खारेज गर्ने फैसला गरेको छ । सर्वोच्चको त्यो फैसलालाई हाम्रो पार्टीले स्वागत गर्दै सर्वोच्च अदालतलाई धन्यवाद समेत दिन चाहन्छ,’ पार्टी अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।















प्रतिक्रिया