
काठमाडौं, १६ कात्तिक । प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसका सांसद सञ्जय गौतम मौन उभिएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले शून्य समयमा बोल्न समय लिएकामा उभिएरै समय सकाएका हुन् ।
सभामुख देवराज घिमिरेले गौतमलाई बोल्न समय दिएपछि उनी आसनबाट उभिएन मौन बसे । गौतम मौन उभिएपछि सभामुखले उनलाई बोल्न समय दिइएको जानकारी गराएका थिए । फेरि पनि उनले उभिएरै समय कटाएका हुन् ।
उनको समर्थनमा अन्य केही सांसदले टेबुल बजाएका थिए ।
सांसद गौतम सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै मौन बसेका बुझिएको छ ।















प्रतिक्रिया