शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

दिनभरका TOP 15 NEWS: भारतीलाई न्याय मिलोस्, एमालेको चियापानमा रविदेखि कविसम्म

दैनिक नेपाल २०८० कार्तिक १५ गते २१:४०

काठमाडौं, १५ कात्तिक । बाँकेको नेपालगञ्जका गुण्डा नाइके ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्व परेको रिटको सुनुवाई सकिएको छ ।

प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा सुनुवाई सकिएको हो । निर्णय भने भोलि सुनाइने बताइएको छ ।

नेपालगञ्जकै चेतन मानन्धरको हत्या आरोपमा आजिवन जेल जीवन काटिरहेका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए ।

उनको आममाफीविरूद्व चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट हालेकी थिइन् ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित