८ कार्तिक २०८३, आइतबार

घटुवा हुनबाट जोगियो राष्ट्रिय मानव अधिकार आयोग, ‘क’ श्रेणीमै यथावत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी नघट्ने भएको छ।

राष्ट्रिय मानव अधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय समन्वय समिति ग्लोबल अलायन्स फर नेसनल ह्युमन राइट इन्स्टिच्युसन (गानरी) को उपसमिति एससीएले आयोगको श्रेणी यथावत राखेको हो ।

आयोग ‘क’ श्रेणीमा रहँदै आएको छ । यस उपसमितले आयोगलाई ‘ख’ श्रेणीमा घटुवा गर्न सिफारिस गरेको थियो।

आयोगले काम गर्न नसकेको, असंवैधानिक रुपमा पदाधिकारी नियुक्त गरिएको भन्दै आयोगको श्रेणी घटुवा गर्न सिफारिस गरिएको थियो । स्थापनाकालदेखि नै आयोग ‘क’ श्रेणीमा रहँदै आएको छ ।

गानरीमा १२० वटा देश सदस्य छन् । त्यसमध्ये ८८ वटा देश ‘क’ र ३२ वटा ‘ख’ वर्गमा छन् ।