८ कार्तिक २०८३, आइतबार

संक्रमणकालीन न्यायका सम्बन्धमा ओली र देउवासँग समझदारी भइसक्यो: प्रधानमन्त्री प्रचण्ड

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्यायका सम्बन्धमा दलहरूबीच समझदारी बनेको बताएका छन् ।

बुधबार एमालेको चियापान कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवासँग भएको छलफलमा संक्रमणकालीन न्यायका सम्बन्धमा समझदारी बनेको भन्दै शान्तिप्रक्रियाको बाँकी काम छिटै टुङ्गिने बताएका हुन् ।

उनले पीडितहरूलाई न्याय, सर्वोच्च अदालतको व्याख्या र अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई आत्मसाथ गर्दै शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउने जिकिर गरे ।

प्रधानमन्त्रीले दलहरूलाई सदैव एक ठाँउमा ल्याउन आफूले सदैव पहल गरेको र बुधबार बिहान भएको छलफल सकारात्मक भएको धारणा राखे । प्रचण्डले चियापान कार्यक्रमले दलहरुलाई एक ठाँउमा उभिन र समझदारी कायम गर्न मद्धत गरेको बताए ।