८ कार्तिक २०८३, आइतबार

बिना जानकारी ड्यामको पानी छोड्दा जलिरहेको शव बगायो

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, १५ कात्तिक । रामेछापको लिखु तेस्रो जलविद्युत आयोजनाको ड्याम बिना जानकारी खोल्दा घाटमा जलिरहेको शव नै बगेको छ ।

मंगलबार साँझ निधन भएका गाम्नाङटार गाविसका पूर्वअध्यक्ष तथा नेकपा एमालेका नेता षणकृष्ण भट्टराईको लिखु गाउँपालिका-६ को तीतोखानी अन्तिम संस्कार भइरहेका बेला स्वेतगंगा हाइड्रोले बिना जानकारी ड्यामको पानी छोड्दा शव नै बगाएको हो ।

शव बगाएपछि मलामीको भागाभाग भएको थियो ।

पानीको बहाब घटेपछि स्थानीयले शव खोजेपनि फेला पार्न नसकेका हुन् ।