८ कार्तिक २०८३, आइतबार

जलवायु परिवर्तनको असर न्यूनीकरणका लािग गम्भीरतापूर्वक काम गर्न आवश्यक: राष्ट्रपति

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लािग गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल पर्वतारोहण संघको स्वर्ण जयन्तीका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्र पौडेलले जलवायु परिवर्तनका कारण नेपालका हिमाल र हिमाली क्षेत्रमा निकै असर परेको भन्दै असर न्यूनीकरणका लािग गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताएका हुन् ।

नेपाल कार्वन उत्सर्जनको कारक नहुँदा पनि जलवायु परिवर्तनको मारमा परेको बिषयलाई संयुक्त राष्ट्रसंघका महासचिवले विश्वसामू उजागर गर्ने बताउनु सन्तोषको बिषय भएको राष्ट्रपतिले बताए ।

उनले अहिले विभिन्न २७ हिमाल आरोहणका लागि अनुमति दिएको अवस्थामा अन्य हिमालहरुलाई पनि आरोहण अनुमति दिँदै पर्यटन प्रवद्र्धनमा लाग्न सरकारले ध्यान दिनुपर्ने धारणा राखे ।

उनले पर्वतीय पर्यटनको विकास र प्रर्वद्धनका लागि आवश्यक काम गर्न सरकारलाई सुझाव दिए ।