८ कार्तिक २०८३, आइतबार

गोठाटारमा प्रहरीद्वारा गोली प्रहार गरी लागु औषध कारोबारीलाई पक्राउ

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । काठमाडौंको गोठाटारमा प्रहरीले गोली प्रहार गरी एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले गोली हानेर लागु औषध कारोबारी भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरीले भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर पक्राउ गरेको हो । उनको खुट्टामा गोली लागेको छ ।

प्रहरीले उनको साथबाट खैरो हेरोइन र एकथान पेस्तोल बरामद गरेको छ ।