मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

किन चलाइँदैछ एमाले र ओलीविरूद्व स्याल हुइँया ?

निर्मल भट्टराई २०८० कार्तिक १२ गते १३:००

काठमाडौैं, १२ कात्तिक । केही साता यता नेपाल कम्युनिष्ट पार्टी (एमाले) विरूद्व विभिन्न किसिमका नक्कली आरोपहरूको बौछार भइरहेको छ ।

खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीकाविरूद्व कपोलकल्पित आरोप लगाइएका छन्। आफू प्रधानमन्त्री भएको बेला भारतले लामो समयदेखि मिचेको लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूमि समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि मोदी नियन्त्रित भारतीय मिडियाले ओलीविरूद्व कपोलकल्पित आरोप लगाएका थिए । ती आरोपहरू ओलीविरूद्व मात्र लक्षित थिएनन् । नेपाल र नेपाली सार्वभौमिकता साथै राष्ट्रिय अखण्डताविरूद्व लक्षित थिए।

दशकौंदेखि कसैले गर्न नसकेको काम ओलीले सम्पन्न गरेपछि उनको उचाइ देशभित्र मात्र होइन, दक्षिण एसियामै चुलिएको थियो। भूगोल, सामरिक र आर्थिक शक्तिले उन्मत्त भारतीय संस्थापन पक्षसमेत ओलीको राजनीतिक क्षमता देखेर झस्किएको थियो । अर्कातिर भारतको अनुचित दबाव र प्रभावमा बस्न बाध्य दक्षिण एसियाका साना र कम शक्तिशाली राष्ट्रहरू यो कदमबाट खुसी भएका थिए । त्यही समयदेखि गोदी मि‍डियाले ओली र एमालेविरूद्व अनर्गल प्रचार गर्दै आएका छन्। नेपालमा कार्यरत भारतीय खुपिया एजेन्सीहरू,भारतीय लगानीमा सञ्चालित सञ्चार गृह र भारतीय हिन्दु अतिवादीको सहयोगमा नेपालको सत्ता पलट गर्न उद्दत राजावादीहरूको एकोहोरो प्रहार एमाले र ओलीविरूद्व हुँदैआएको कतै छिपेको छैन ।

आफू प्रधानमन्त्री हुँदा केपी ओलीले देश र जनताको पक्षमा गरेका युगीन महत्वका कामबाट तर्सेका नेपाली कांग्रेसलगायतका राजनीतिक पार्टीहरूले एमालेकाविरूद्व गठबन्धन गरे। सत्तामा पुग्न सधैँ भारतको धूपध्वार गर्ने माधव नेपाललाई मोहोरा बनाएर एमाले चोइट्याउने काम भयो । यतिले नपुगेर एमालेविरूद्व अदालतको प्रयोग गरियो ।

स्मरण रहोस्, एमाले आफ्नो स्थापनाकालदेखि नै ठूल्ठूला अग्नि परीक्षामा सफल हुँदै आएको पार्टी हो । राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको अब्बल पहरेदार एमाले नेपाली समाजका योग्यतम मानिसहरूको नेतृत्वमा अगाडि बढिरहेको पार्टी हो । मार्क्सवादको सिर्जनात्मक प्रयोग र लेनिनवादको सिर्जनात्मक अवलम्बन गर्दै अगाडि बढेको पार्टी हो । जननेता मदन भण्डारी प्रतिपादित जनताको बहुदलीय जनवाद लागु गर्दै समाजवादको आधार निर्माणमा जुटेको पार्टी हो । नेपालका सबै राजनीतिक दलभन्दा ठूलो,व्यवस्थित र चलायमान सांगठानिक सञ्जाल भएको पार्टी हो । निस्सन्देह, एमाले `विरोधीहरूको मुख्य टाउको दुखाइको विषय नै यही हो ।

पुराणको एउटा कथा सुनौँ जसमा राजा उत्तानापादका सुनीति र सुरूची नामका दुई पत्नी थिए । सुनीतिको गर्भबाट ध्रुव र सुरूचीको गर्भबाट
उत्तमको जन्म भएको थियो । राजा उत्तानापाद सुनीतिलाई बहुत हेला गर्दथे । सुरूचीलाई हदभन्दा बढी माया गर्दथे । एक दिन राजा उत्तानापादले सुरूचिको छोरा उत्तमलाई काखमा राखेर खुवाईरहेका थिए । त्यही बेला अबोध ध्रुव पिताजीको काखमा बस्न चाहे । ध्रुव सौतेनी आमा सुरूचीको कोपभाजनमा परे । ध्रुवको एउटै गल्ती थियो उनी सुरूचिको गर्भबाट जन्मेनन्, सुनीतिको गर्भबाट जन्मे । ध्रुव लखेटिए उनी जंगल जानुपर्‍यो । अर्थात् सुरूचीको ऐश, आराम, कामवासना, स्वार्थ, सत्ता, अर्थकै राजनीतिमा अहिलेसम्म रजगज छ ।

सुनीति (राम्रो विचार, सिध्दान्त, दर्शन आदि) इतिहासदेखि आजसम्म लखेटिनु परेको छ । यसैगरी एमाले पनि सही सिद्वान्त, विचार र नीतिमा चलेको पार्टी हुनाले पटक-पटक घेराबन्दी र लखेट्याँइमा पर्नु परेको छ । एमालेविरूद्व अनर्गल प्रलाप गर्नु, शून्य प्रतिशत सत्यता भएका भ्रमको खेती गर्नु, दक्षिणपन्थी, प्रतिगामी र तिनका पुच्छर कम्युनिष्टहरू मिलेर एमालेविरोधी स्यालको हुइँया मच्चाउनु उत्तानापादीयको निरन्तरता बाहेक केही होइन । स

च्चा कम्युनिष्टले लामो समयदेखि प्रमुख चुनौती आन्तरिक हुन्छ, वाह्य हुदैन भन्ने मान्दै आएका छन् । एमालेको नेतृत्वलाई निर्भिक, निष्कलङ्क र भिजनरी बनाइ राख्नु एमालेको सिङ्गो पङ्क्ति एकताबद्व, सिद्वान्तनिष्ठ र जनसेवक बनाइ राख्नु तथा सत्तामा रहेको एमाले पङ्क्तिलाई ‘सुरूची’चरित्रबाट जोगाइ राख्नु एमालेको प्रमुख चुनौती हो ।

सहरमा कुनै दिन शक्तिशाली हात्ती लमक-लमक लम्कियो बने सयौं कुकुरले एकै पटक भुक्छन् । तर हात्तीलाई कुनै फरक पर्दैन । त्यसैगरी एमाले आफ्नो सम्पूर्ण शक्तिका साथ समाजवाद निर्माणको यात्रामा लम्कियो भने दक्षिणपन्थी, अवसरवादी, प्रतिगामी र देशद्रोही कुकुरहरू एकैपटक भुके पनि कुनै फरक पर्ने वाला छैन ।

प्रतिक्रिया
सम्बन्धित