
काठमाडौं, ११ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताले ड्यूटीमा रहेका प्रहरीमाथि हातपात गरेका छन् ।
रास्वपाको र्याट विभाग उपप्रमुख आशिष थापा (बैकुण्ठ) ले मादक पदार्थ सेवन गरी ड्युटिमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गर्दै हातपात गरेका हुन् ।
थापाले मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ चित्लाङका ट्राफिक प्रहरीलाई हातपात गरेका हुन् । प्रहरीमाथि कुटपिट गर्ने थापालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीकोमा बुझाएका छन् ।
थापाले यसअघि मुग्लिन नारायणघाट खण्डमा पर्ने सडक व्यवस्थापनको नाममा अनाधिकृत रुपमा वाकीटकी राखेपछि चर्को आलोचना भएको थियो ।















प्रतिक्रिया