
मोरङ, ३ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाइएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उउनले कोशी प्रदेशको तत्कालीन परिस्थितिलाई दृष्टिगत गरी प्रदेशसभा सदस्य कार्कीको नेतृत्वमा रकार निर्माण गरिएको बताएका हुन् ।
उनले कोशी प्रदेश सरकार गठनबाट सङ्घीय र बागमती सरकारलाई कुनै असर नपर्ने उनको भनाइ छ ।
कोशी प्रदेश सरकारमा अहिले सहभागी दलले निरन्तरता पाउने बताउँदै नेता कोइरालाले आवश्यकताअनुसार तिहारअगाडि सरकार विस्तार हुने पनि बताएका छन् ।











प्रतिक्रिया