
हेटौंडा, ३ कात्तिक । नेकपा (एकिकृत समाजवादी) मनहरी गाउँपालिका-९ को वडा कमिटी नै नेकपा (एमाले)मा समाहित भएको छ ।
एमाले मनहरी गाउँपालिका कमिटीले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा वडा कमिटीका सबै पदाधिकारी र सदस्यहरु एमालेमा समाहित भएका हुन् ।
नेकपा एसका जिल्ला सदस्य तथा पूर्ववडा अध्यक्ष साधुराम अधिकारी, ज़िल्ला सदस्य मानबहादुर स्याङतान, चन्द्र सुवेदी, युवा संघका कृष्ण चन्द्र पुरीसहित डेढ दर्जन जना भन्दा बढी एमालेमा प्रवेश गरेको एमाले मनहरीका अध्यक्ष नवीन सुवेदीले जानकारी दिए ।
कार्यक्रममा एमाले नेता तथा बागमती प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल, एमाले बागमती प्रदेश प्रदेश कमिटीका सदस्यहरु रघुनाथ खुलाल, एकराज उप्रेती, बद्री लम्साल, एमाले नेता अनन्त पौडेल, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।












प्रतिक्रिया