२८ आश्विन २०८३, बुधबार

भेडा–च्याङ्ग्राको मूल्य महङ्गो भएको सर्वसाधारणको गुनासो

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ३ कात्तिक । भक्तपुरमा दसैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महङ्गो भएको गुनासो सर्वसाधारणले गरेका छन् ।

भक्तपुरको सल्लाघारी ल्याइएको भेडा–च्याङ्ग्राको मूल्य यस बर्ष महङ्गो परेको उनीहरूको गुनासो छ ।

व्यवसायीका अनुसार मुस्ताङबाट म्याग्दी, पर्वत, कास्की, तनहुँ, धादिङ, काठमाडौँ हुँदै भक्तपुरको सल्लाघारीसम्म भेडा र च्याङ्ग्रा ल्याउदा लागत बढ्न गएको हो ।

उपत्यकामा काठमाडौंको कलंकी, बागबजार टुकुचा, भक्तपुर सल्लाघारी, बालाजु लगायतका ठाउँबाट खसी, बोका बिक्री हुँदै आएको छ ।