८ कार्तिक २०८३, आइतबार

धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दियो, एकजनाको मृत्यु

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

गएराति बाँस्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कार्पियोले दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकल चालक दाङको राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको हो ।

बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।