२७ कार्तिक २०८३, शुक्रबार

एमाले अध्यक्ष ओली आज गृह जिल्ला जाँदै

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार गृह जिल्ला झापा जाँदै छन् ।

झापाको विर्तामोडमा आयोजित दशैं, तिहार, छठ, नेपाल सम्वत् लगायतका पर्वको शुभकामना कार्यक्रमका लागि अध्यक्ष ओली त्यसतर्फ जान लागेका हुन् ।

अध्यक्ष ओली काठमाडौंबाट बिहान १०ः१० बजे भद्रपुरतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । दिउँसो १२ः३० बजे देखि विर्तामोडको साई पार्टी प्यालेस सिटी सेन्टर विर्तामोडमा कार्यक्रम सुरु हुनेछ ।

अध्यक्ष ओलीले यसपटकको विजयादशमीको टीका नलगाउने भएका छन् । ठूलीआमाको यसैवर्ष निधन भएकाले अध्यक्ष ओली परिवारमा टीकाटालो नहुने उनको सचिवालयले जनाएको छ।

आफूले टीका नलगाउने भएपछि उनले कार्यकर्तालाई पनि टीका लगाउने छैनन् । अध्यक्ष ओली झापाबाट नवमीको दिन काठमाडौं फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।