२८ आश्विन २०८३, बुधबार

एनआरएनएको अध्यक्षमा डा. बद्री केसी विजयी

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी विजयी भएका छन् ।  नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा डा. केसी १ हजार ३७८ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी राजेन्द्रकुमार शर्मा आरकेले १ हजार २८१ मत, महेशकुमार श्रेष्ठले १ हजार २२५ मत र रविना थापाले ४७ मत पाए ।

यसैगरी, महासचिवमा गौरीराज जोसी दुई हजार ३७ मतसहित निर्वाचित भएका छन् । उपाध्यक्षमा डा. विनोद श्रेष्ठ, डा. हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राजु रेग्मी, रामशरण सिंखडा र रोविनप्रसाद शेरचन निर्वाचित भएका छन् ।

युवा उपाध्यक्षमा रोशन थापा दुई हजार ४६८ मतसहित निर्वाचि भएका छन् भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएकी छन् ।